लमजुङ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री बन्न नपाउने दाबी गरेका छन् ।
प्रचार-प्रसारका लागि निर्वाचन आयोगले बाटो खोलिदिएपछि सोमबार लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले काँग्रेसले अब दुई पटकभन्दा बढी कसैलाई प्रधानमन्त्री नबनाउने दाबी गरेका हुन् ।
'बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ । कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १ २ ३ ४ को नीति संविधानमा अंकित गर्नेछौंँ । अब उप्रान्त कोहि पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुइ पटक भन्दा बढी रहन पाउने छैनन्,' उनले भने ।
कांग्रेस आसन, भाषण र शासन सुधारिएर आएको कुरा बुझेका मतदाताले फागुन २१ को निर्वाचनमा जित दिलाउने पनि उनले विश्वास व्यक्त गरे ।
त्यस्तै आफूहरुले मुलुकको नेतृत्व गर्नका लागि जे कुरा जरुरी रहेको छ, त्यो कुरा केस्राकेस्रा केलाएर आएको समेत दाबी गरे । साथै जेनजी आन्दोलनको भावना बमोजिम आफूहरु काम गर्न तप्तर रहेको समेत बताए ।