Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फागुन ४ देखि १८ सम्म मात्र चुनावी प्रचार गर्न निर्वाचन आयोगको निर्देशन

फागुन ४ देखि १८ सम्म मात्र चुनावी प्रचार गर्न निर्वाचन आयोगको निर्देशन

आइतवार , फाल्गुण ३, २०८२

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ४ देखि १८ गतेसम्म मात्र चुनावी प्रचार–प्रसार गर्न निर्देशन दिएको छ।

आयोगका अनुसार उम्मेदवार तथा दलहरूले जुलुस, आमसभा, घरदैलो, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत हुने प्रचार–प्रसारतोकिएको अवधिभित्र मात्रै गर्नुपर्नेछ।

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन प्रचारका क्रममा मतदातामाथि धम्की, डर–त्रास, आर्थिक प्रलोभन, सामाजिक बहिष्कार, हातहतियार प्रदर्शन जस्ता गतिविधि नगर्न कडा चेतावनी दिएको छ।

त्यस्तै, धार्मिक वा साम्प्रदायिक भावनामा असर पर्ने कुनै पनि अभिव्यक्ति वा गतिविधि नगर्न आयोगले दल तथा उम्मेदवारलाई सचेत गराएको छ।

आयोगले निर्वाचनअघि लागू हुने ४८ घण्टे मौन अवधिमा कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पारेको छ।

निर्वाचन आचारसंहिताविपरीत पोस्टर, ब्यानर, भित्तेलेखन, सवारी र्‍याली गर्न नपाइने आयोगले जनाएको छ। साथै, सरकारी साधन–स्रोत तथा कर्मचारी प्रयोग गरेर प्रचार गरेमा कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ।

आयोगले सबै दल र उम्मेदवारलाई आचारसंहिता पूर्ण पालना गर्दै मर्यादित प्रचारमा केन्द्रित हुन आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077