Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० विश्वकप: नेपालको तेस्रो हार

टी–२० विश्वकप: नेपालको तेस्रो हार

'विश्वकपको समूह चरणबाटै बाहिरियो'

आइतवार , फाल्गुण ३, २०८२

काठमाडौं। आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।

मुम्बईको वाङखेडे स्टेडियममा भएको नेपाल र वेस्ट इन्जिजबीचको खेलमा नेपाल ९ विकेटले पराजित भएको हो। वेस्ट इन्डिजले एक विकेटको क्षतिमा २८ बल बाँकी छँदै नेपालले दिएको १३४ रनको लक्ष्य पूरा गरेको हो।

वेस्ट इन्डिजका ओपनर ब्रान्डन किङलाई कुशल भुर्तेलमार्फत नन्दन यादवले क्याच आउट गराए। किङले १७ बलमा ४ चौकाको सहयोगमा २२ रन जोडे।

टस जितेर जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले १३४ रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएको थियो।

नेपालका मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रन बनाए। उनले कठिन अवस्थामा इनिङ्स सम्हाल्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याए।

अन्तिमतिर सोमपाल कामीले १५ बलमा ४ चौकासहित अविजित २६ रन जोड्दै टोलीलाई १३० रन पार गराएका थिए। ओपनर कुशल भुर्तेल एक रनमै आउट हुँदा नेपालले सुरुआतमै धक्का बेहोरेको थियो।

आसिफ सेख ११, कप्तान रोहित पौडेल ५, आरिफ सेख २ र लोकेश बम १३ रनमा आउट भए। गुलसन झा ११ रन बनाएर पेभिलियन फर्किए। करण केसी १ रनमै आउट भए।

वेस्ट इन्डिजका जेसन होल्डर सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा २७ रन खर्चिए। म्याथ्यु फोर्ड, अकिल होसेन, समार जोसेफ र रोस्टन चेजले १/१ विकेट लिए। 

खेलमा वेस्ट इन्डिज लगातार तेस्रो जितको हात पारेको छ भने नेपालले लगातार तेस्रो हार बेहोरेको छ। नेपालले यसअघि इंग्ल्यान्डसँग चार रन र इटालीसँग १० विकेटको हार बेहोरेको थियो ।

लगातारको हारसंगै नेपाल टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । वेस्ट इन्डिजले नेपाललाई ९ विकेटले हराउँदै सुपर ८ मा स्थान सुरक्षित गरेको छ । अब मंगलबार स्कटल्याण्ड विरुद्ध हुने अन्तिम खेलमा नेपालका लागि प्रतिष्ठाको लडाईँ मात्र हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077