Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० विश्वकप: इङ्ल्याण्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

टी–२० विश्वकप: इङ्ल्याण्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

आइतवार , माघ २५, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा इङ्ल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको इङल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको हो । 

खेलका क्रममा इङल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८४ रनको योगफल खडा गर्यो ।

इंग्ल्यान्डका ज्याकोब बेथेलले ५५ रन जोडे । उनले ३५ बलमा चार चौका र चार छक्का प्रहार गरे । ५७–३ को स्थितिबाट ज्याकोबले कप्तान ह्यारी ब्रुकले ५३ रन बनाए । उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।

जस बटलरले १७ बलमा २६ रन थपे । अर्का ओपनर फिल साल्टलाई भने नेपालका शेर मल्लले एक रनमै पभेलियन फर्काए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले इंग्ल्यान्डका करनलाई बोल्ड गरे । दुई रन बनाएका टम बान्टमलाई सन्दीप लामिछानेले एलबीडब्लूको धरापमा पारे ।

नेपालका दीपेन्द्र र नन्दन यादवले समान दुई विकेट लिए । दीपेन्द्रले इंग्ल्यान्डका ज्याकब बेन्थेल र साम करनलाई पभेलियनको दिशा देखाए । नन्दनले जस बटलर र ह्यारी ब्रुकलाई आउट गरे ।

सन्दीप र शेरको नाममा एक–एक विकेट रह्यो । सन्दीपले टम बान्टम र शेरले फिल साल्टको विकेट लिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077