काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।
भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा वेस्ट इन्डिजका कप्तान शाही होपले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।
नेपालले आज वेस्ट इन्डिजसँग आफ्नो तेश्रो खेल खेल्न लागेको हो ।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो ।
समूह चरणमा लगातार दुई हार बेहोरेपछि नेपाली क्रिकेट टोलीको विश्वकप यात्रा सुखद हुन सकेन ।नेपाली टोली समूह चरणबाटै बाहिरिने संघारमा छ । कुनै पनि अङ्क जोड्न नसकेको नेपाल समूह ‘सी’को अङ्क तालिकामा पुछारमा छ । लगातार २ खेलमा जीत निकालेको वेस्ट इन्डिज शीर्ष स्थानमा छ ।
नेपालले समूह चरणको आफ्नो अन्तिम खेल पर्सि मङ्गलवार स्कटल्याण्डसँग खेल्नेछ ।