Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी-२० विश्वकप: नेपालको लगातार दोस्रो हार

टी-२० विश्वकप: नेपालको लगातार दोस्रो हार

बिहिवार , माघ २९, २०८२

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा इटालीविरूद्ध नेपाली टिम अलआउट भएको छ । 

बिहीबार भारतको वानखेडे रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १९.३ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १२३ रनमै समेटिएको हो । 

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १४ बलमा दुई छक्का प्रहार गर्दै सर्वाधिक २३ रन बनाए । 

ओपनर आशिफ शेखले २० रन बनाए । दिपेन्द्र सिंह ऐरिले १७ बनाए । आरिफ शेखले १५।४ ओभरमा १६ रन बनाए ।लोकेश बम र गुल्सन झा तीन रनमा आउट भए । नन्दन यादवले रन जोड्न सकेनन् । करन केसीले १८ रन बनाए । 

इटालीका क्रिसन कालुगामागेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले १८ रन खर्चिए ।

बेन मनेन्तीले दुई विकेट लिए । जे जे स्मट्स, जसप्रित सिंह र अली हसनले समान एक विकेट लिए । 

इटालीको धारिलो बलिङ र बेटिङ सामु नेपाली टिम निरीह बन्दै  १० विकेटले पराजित भएको हो । नेपालले पहिलो खेलमा दुई पटकको विश्वकप विजेता इंग्ल्यान्डसँग चार रनको हार व्यहोरेको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077