Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा एमालेले फागुन ३ गतेपछि मात्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने

नेकपा एमालेले फागुन ३ गतेपछि मात्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौं । नेकपा एमालेले फागुन ३ गतेपछि मात्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । 

अध्यक्ष केपी शर्मा ओली झापाबाट काठमाडौं फर्केर घोषणापत्रको मस्यौदा अध्ययनमा लागेककाले फागुन ३ गतेपछि मात्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको एमालेका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । 

घोषणापत्र तयार गर्ने काम तीव्र रूपमा भएपनि फागुन ३ भित्रै सार्वजनिक हुने सम्भावना कम रहेको कार्यालय सचिव अधिकारीको भनाइ छ ।  

अघिल्लो निर्वाचनमा प्राथमिकतामा राखेका विषयहरूलाई समेत समेटेर तयार गरिने घोषणापत्रमा राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राखिने एमालेले जनाएको छ । 

निर्वाचन आयोगले यसअघि नै फागुन ३ भित्र चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाउन निर्देशन दिइसकेको छ ।

यस्तै अर्को ठुलो दल नेपाली कांग्रेसले भने फागुन २ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने जनाइसकेको छ । 

त्यस्तै अर्को राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छैन ।

नेपाली कम्युनिस्ट पार्टीले भने माघ २८ मै महत्त्वाकाङ्क्षी योजना समेटेर आफ्नो घोषणपत्र सार्वजनिक गरेको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077