Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महासमिति सदस्यसहित चार जना नेता रास्वपा प्रवेश

कांग्रेस महासमिति सदस्यसहित चार जना नेता रास्वपा प्रवेश

बिहिवार , माघ २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सङ्खुवासभा महासमिति सदस्य मुक्तिसिंह राई राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। 

राई बिहीबार पार्टी केन्द्रीय कार्यालय पुगेर रास्वपा प्रवेश गरेका हुन् । 

पार्टी उम्मेदवार मिङमा शेर्पाको विशेष पहलमा राई पार्टी प्रवेश गरेका रास्वपाले जनाएको छ ।  उम्मेदवार शेर्पा पनि रास्वपा प्रवेश गर्नुअघि कांग्रेस महासमिति सदस्य थिए। 

यस्तै नेकपा एमालेका भातृ संगठन खेलकुद महासंघका अध्यक्ष सुनिल श्रेष्ठ, युवा संघका जिल्ला सदस्य र तरुण दलका जिल्ला सदस्यले समेत आजै रास्वपा प्रवेश गरेका छन् ।

उनीहरुलाई उपसभापति डीपी अर्यालले पार्टीमा स्वागत गरेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077