Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेको दाबी - अघिल्लो निर्वाचनभन्दा बढी सिट जित्छौँ

रवि लामिछानेको दाबी - अघिल्लो निर्वाचनभन्दा बढी सिट जित्छौँ

बुधवार , माघ २८, २०८२

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा बढी सिट जितेर संसदमा पुग्ने दाबी गरेका छन् ।

बुधबार पोखरामा आयोजित रास्वपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी सुशासनको स्पष्ट एजेन्डासहित निर्वाचनमा होमिएको बताउँदै यसपटक जनताको समर्थन अझ बलियो हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले देशलाई नयाँ दिशानिर्देशन दिने दाबी गरे । सुशासन र समृद्धिलाई प्राथमिकता दिएर देशभित्रै रोजगारी सिर्जना गर्न सकिए युवाको विदेश पलायन रोक्न सकिने लामिछानेको भनाइ थियो ।

सभापति लामिछानेले फागुन २१ पछि मुलुकले सक्षम नेतृत्व पाउने उल्लेख गर्दै त्यसका लागि रास्वपाले प्रधानमन्त्रीका रूपमा वरिष्ठ नेता बालेन्द्र शाहलाई अघि सारेको जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077