Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दलहरुलाई निर्वाचन आयोगको निर्देशन - फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्नू

दलहरुलाई निर्वाचन आयोगको निर्देशन - फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्नू

मंगलवार , माघ २७, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएको छ।

आयोगले मंगलबार (माघ २७) निर्वाचन आचारसंहिता २०७९ को दफा ३७ बमोजिम दलहरूले घोषणापत्र आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।

आचारसंहिताको दफा ३७ अनुसार दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गरेर त्यसकै आधारमा चुनाव प्रचारप्रसार गर्नुपर्नेछ।

साथै घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताअनुसारको प्रगति प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि रहेको छ।

आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ भने फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचारप्रसारको अवधि तोकिएको छ। तर हालसम्म अधिकांश दलहरूले घोषणापत्र सार्वजनिक नगरेको आयोगले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077