Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् एजेन्डा

राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् एजेन्डा

सोमवार , माघ २६, २०८२

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ः१५ बजे सिंहदरबारस्थित राष्ट्रियसभा हलमा बस्नेछ । यो राष्ट्रियसभाको १९औँ अधिवेशनअन्तर्गत सातौँ बैठक हो ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यक्रम छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘पर्यटन विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, उनले सोही विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि राख्ने कार्यसूची छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077