Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई इरानमा ६ वर्ष जेल सजाय

नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई इरानमा ६ वर्ष जेल सजाय

सोमवार , माघ २६, २०८२

एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नर्गेस मोहम्मदीलाई इरानको एक अदालतले छ वर्षको जेल सजाय सुनाएको छ।

उनका वकिल मुस्तफा निलीका अनुसार सरकारविरोधी प्रदर्शनमा भेला गराउने तथा ‘अपराध गर्ने अभियानमा सहभागी भएको’ आरोपमा अदालतले मोहम्मदीलाई उक्त सजाय सुनाएको हो ।

निलीले भने, “सरकारविरोधी प्रदर्शनमा भेला गर्ने र अपराध गर्ने अभियानमा सहभागी भएको आरोपमा छ वर्षको जेल सजाय सुनाइएको छ।”

अदालतले मोहम्मदीलाई प्रचार गतिविधि गरेको आरोपमा थप डेढ वर्ष जेल सजाय पनि सुनाएको छ। साथै उनलाई दुई वर्षका लागि दक्षिण खोरासान प्रान्तको खोस्फ शहर जान प्रतिबन्ध लगाइएको छ।

इरानी कानुनअनुसार जेल सजाय र प्रतिबन्ध एकैसाथ लागू हुने बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077