Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनीतिक स्थायित्व र दिगो विकासका लागि समावेशी शासन प्रणालीलाई व्यवहारमा उतार्नुपर्छ: राष्ट्रपति पौडेल

राजनीतिक स्थायित्व र दिगो विकासका लागि समावेशी शासन प्रणालीलाई व्यवहारमा उतार्नुपर्छ: राष्ट्रपति पौडेल

आइतवार , माघ २५, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा राजनीतिक स्थायित्व कायम गर्न समावेशी शासन प्रणालीलाई व्यवहारमा उतार्नु अपरिहार्य रहेको बताएका छन् ।

आइतबार आदिवासी जनजाजी उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समावेशी शासन प्रणालीबिना मुलुकमा राजनीतिक स्थायित्व सम्भव नहुने बताएका हुन् ।

उनले राष्ट्रिय गानको सन्दर्भ उल्लेख गर्दै नेपाललाई सयौँ फूलले बनेको सुन्दर फूलबारीका रूपमा चित्रण गर्दै यस फूलबारीलाई अझ सुन्दर, समुन्नत र सन्तुलित बनाउन सबै समुदायको समान सहभागिता आवश्यक रहेको बताए ।

उनले भने- 'हाम्रो राष्ट्रिय गानले व्यक्त गरेझैँ नेपाल सयौँ फूलहरु मिलेर बनेको सुन्दर फुलबारी हो । यस फूलबारीलाई अझ सुन्दर, समुन्नत, र सन्तुलित बनाउन सबै जाताजाति, भाषा, संस्कृति र समुदायको समान पहुँच, समान अवसर र समान सम्मान अपरिहार्य हुन्छ । हाम्रो संविधानले निर्दिष्ट गरेको लक्ष्य पनि यही हो । देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अत्यन्त आवश्यक छ । '

राष्ट्रपति पौडेलले आदिवासी समुदायका ज्ञान प्रणालीलाई केवल परम्परागत अभ्यासका रूपमा सीमित रूपमा नहेरी सांस्कृतिक पहिचान संरक्षण, वातावरणीय सन्तुलन र दिगो विकाससँग जोडिएको महत्वपूर्ण सम्पदा भएको बताए।

कार्यक्रमको सन्दर्भमा उनले उक्त सम्मेलनले आदिवासी ज्ञानलाई बौद्धिक विमर्श र नीतिगत छलफलको केन्द्रमा ल्याउन सकारात्मक योगदान पुर्‍याउने अपेक्षा समेत व्यक्त गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077