चितवन । रास्वपाका सभापति रवि लामिछानेले गोरखा १ का उम्मेदवार सुधन गुरुङ देशलाई माया गर्ने अबोध बालक रहेकोले शंका गर्नुपर्ने कुनै कारण नभएको बताएका छन्।
शनिबार चितवनमा गोरखाका मतदातालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
उनले भने- 'सुधन गुरुङका कतिपय अभिव्यक्तिहरूमा प्रश्न गर्ने ठाउँहरू तपाईँले निकाल्नुहुन्छ होला। तर सुधन गुरुङ यो देशलाई माया गर्ने छोरो हो, मलाई यसमा अलिकति पनि शंका छैन। सुधन गुरुङको भित्र एउटा अबोध बालक छ। एउटा जिज्ञासु मानिस छ। '
गुरुङको तारिफ गर्दै उनले जेनजी आन्दोलनमा घाइतेहरूका लागि लड्ने, सहिद परिवारका लागि निरन्तर लड्ने योद्धा गुरुङलाई विजयी बनाएर संघीय संसदमा प्रस्तुत गराउने बताए।
भने थपे- 'रास्वपा भित्र रहेका हामी सबैले देशलाई माया गर्ने सुधन गुरुङलाई सँगै जितेर लिएर जान्छौँ र जेनजी आन्दोलनमा घाइतेहरूका लागि लड्ने,सहिद परिवारहरूका लागि निरन्तर लड्ने एउटा त्यस्तो योद्धा हो । त्यस कारणले पनि यहाँहरूले विजयी बनाएर संघीय संसदमा प्रस्तुत गर्नुहुनेछ ।'