Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक २०८१’ सर्वसम्मत पारित

राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक २०८१’ सर्वसम्मत पारित

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । राष्ट्रियसभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सर्वसम्मत रुपमा पारित गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले प्रस्तुत गरेको ‘विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

यसअघि प्रधानमन्त्री तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कार्कीका तर्फबाट मन्त्री सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव पनि सभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको थियो ।

विधेयकमाथि भएको छलफलमा सांसदहरू वेदुराम भुसाल, सुमित्रा विसी र रुक्मिणी कोइरालाले भाग लिएका थिए ।

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री सिन्हाले अनुसन्धान तथा न्यायिक प्रक्रियालाई थप प्रभावकारी बनाउन विधि विज्ञान प्रयोगशालासम्बन्धी कानुन आवश्यक रहेको स्पष्ट पारे ।

राष्ट्रियसभाको अर्को बैठक यही माघ २६ गते सोमबार अपराह्न १ः१५ बजे बस्ने कार्यसूची तय भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077