Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीले झुक्याएर बयान लिएको दुर्गा प्रसाईंको आरोप

प्रहरीले झुक्याएर बयान लिएको दुर्गा प्रसाईंको आरोप

बालेन जस्ता व्यक्ति सत्तामा आए जनता बोल्नै नपाउने चेतावनी

आइतवार , माघ १८, २०८२

काठमाडौं । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रहरीले आफूलाई झुक्याएर बयान लिएको गुनासो गरेका छन् ।

आइतबार प्रहरी परिसरमा बयान दिएर निस्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले भने–‘मैले केही छ भनेर सोधेको, केही पनि छैन त्यत्तिकै आउनु न भनेर प्रहरीले बोलाउनुभयो। यहाँ आएपछि भएभरको बयान लियो। आजदेखि घुमाएर तारिखमा राखियो। अब २८ गतेलाई तारिख तोकिएको छ।’

प्रसाईंले भोलि चितवनमा हुने आफ्नो र्‍याली र सभालाई बिथोल्न र प्रभावित पार्न प्रहरीले आफूलाई नियोजित रूपमा दुःख दिएको आरोप लगाए।

देश जोगाउने, राष्ट्र जोगाउने र हिन्दु अधिराज्यको पक्षमा हुन लागेको चितवनको कार्यक्रमलाई प्रभावित पार्न आफूलाई यहाँ बोलाएर दुःख दिएको प्रसाईंको आरोप थियो । 

उनले नयाँ राजनीतिक शक्तिहरूको उदयसँगै निरंकुशताको अभ्यास सुरु भएको बताउँदै बालेन्द्र साह ‘बालेन’सत्तामा आए जनताको वाक स्वतन्त्रता खोसिने समेत चेतावनी दिए ।

सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाउने अभिव्यक्ति दिने समूहलाई बालेन र रास्वपाले संरक्षण गरेको आरोप लगाउँदै उनलले भने–‘अहिले त यत्तिको दमन छ भने भोलि पर्सि रास्वपाले भोट जितेर यो बालेन सरकार आयो भने यिनीहरूको विरुद्धमा कोही पनि बोल्न पाउँदैन।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077