Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुकुम्वासी बस्तीमा पुगेर दुर्गा प्रसाईंले भने- जसले लछारपछार गर्छ उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस्

सुकुम्वासी बस्तीमा पुगेर दुर्गा प्रसाईंले भने- जसले लछारपछार गर्छ उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस्

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध लड्न आफूले सहयोग गर्ने बताएका छन् ।

आइतबार बिहान मनोहराको सुकुम्बासी बस्तीमा कोणसभा गर्दै प्रसाईले मेयर बालेन शाहले गरिब र सर्वहारा वर्गको उठिबास लगाए बताएका हुन् ।

प्रसाईले भने- 'तपाईंहरुकोमा भत्काउन आयो भने तपाईंहरु हरु उसको घरतिर जानुस् । श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईंहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ?उसको पनि भत्काउने हो । जसले लछारपछार गर्छ उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस् ।'

दलहरुले सुकुम्बासीहरुलाइ भोट बैंक मात्र बनाएको बताउँदै उनले आफूले भोट नमाग्ने बरु सबैलाइ पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए ।

प्रसाईंले बालेनसँग मिलेर युवा तथा खेलकुद बब्लु गुप्ताले भिक्टर पौडेललाई २ करोड बुझाएर मन्त्री बनेको समेत आरोप लगाएका छन्।

यसैगरी स्थानीयलाई उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा समर्थन जनाउन आह्वान समेत गरेका छन् ।

सुकुम्वासी बस्ती खाली गर्न महानगरले दिएको एक साताको ‘अल्टिमेटम’ आज सकिँदै छ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको योजना छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077