Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावी अभियानमा ढलेका सिटौलाको अवस्था बुझ्न ग्राण्डी अस्पताल पुगे बालेन

चुनावी अभियानमा ढलेका सिटौलाको अवस्था बुझ्न ग्राण्डी अस्पताल पुगे बालेन

शनिवार , माघ १७, २०८२

काठमाडैं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) कर्णाली प्रदेशको पूर्वनिर्धारित कार्यक्रमलाई छोट्याएर आज काठमाडौं आइपुगेका छन्। चुनावी अभियानका क्रममा बेहोस भई टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत सञ्चारकर्मी दिनेश सिटौलालाई भेट्न बालेन आज काठमाडौं आइपुगेका हुन् । अस्पतालमा भर्ना गरिएका सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेकाले प्रत्यक्ष भेट सम्भव नभएपछि साहले उनका भाइ उमेश सिटौलासँग भेटघाट गरेका छन्। प्राप्त चिकित्सकीय सूचना अनुसार अवस्था जटिल रहेकाले परिवारका सदस्यलाई आइतबार बिहानसम्म धैर्य गर्न आग्रह गरिएको जनाइएको छ। त्यसपछि उनी बनस्थलीस्थित घण्टीघरतर्फ प्रस्थान गरेका छन् । रास्वपा वरिष्ठ नेता शाहसँगै ४३ वर्षीय सिटौला पनि कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला हुँदै रिपोर्टिङका लागि बझाङ पुगेका थिए । शुक्रबार बिहान बझाङबाट अछाम जाँदै गर्दा गाडीबाट ओर्लिने क्रममा लडेर सिटौलाको टाउकोमा चोट लागेको थियो । उनलाई तत्कालै जिल्ला अस्पताल अछाममा उपचारका लागि लगिएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी इन्टरनेसनल अस्पताल ल्याइएको थियो । सिटौलाको आईसीयूमा राखेर उपचार भइरहेको छ । अस्पतालका अनुसार उनलाई ‘हेमोरेजिक स्ट्रोक’ भएको हो । ग्रान्डी अस्पतालका अनुसार मस्तिष्क र यसलाई ढाक्ने झिल्लीबिचको खाली ठाउँमा रक्तश्राव हुँदा यस किसिमको ‘सफ्ट स्ट्रोक’ भएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077