काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथका लागि तयारी भइसकेको छ ।
बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र साह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
प्रधानमन्त्रीले शपथ लिएपछि आजै नियुक्त हुने मन्त्रीहरूले पनि शपथ लिने तयारी छ ।
बालेनको नेतृत्वमा १६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने निर्णय गर्दा ५ जना महिलालाई समेटेको छ ।
जसमा दलित समुदायबाट सीता वादी समेत छिन् ।
यस्तै रास्वपाले सोबिता गौतमलाई कानुन, प्रतिभा रावललाई सामान्य प्रशासन, गीता चौधरीलाई कृषि, निशा मेहतालाई स्वास्थ्य र सीता वादीलाई महिलामन्त्री बनाएको छ ।
१६ सदस्यीय मन्त्रिपरिषद्को पूरा सूची
बालेन्द्र शाह - प्रधानमन्त्री
स्वर्णिम वाग्ले - अर्थमन्त्री
सोबिता गौतम- कानुनमन्त्री
शिशिर खनाल - परराष्ट्रमन्त्री
विराजभक्त श्रेष्ठ- ऊर्जामन्त्री
सुनिल लम्साल -भौतिक पूर्वाधार मन्त्री
सुधन गुरुङ - गृहमन्त्री
अमरेशकुमार सिंह - उद्योगमन्त्री
प्रतिभा रावल - सामान्य प्रशासन मन्त्री
गीता चौधरी - कृषीमन्त्री
विक्रम तिमिल्सिना- सञ्चारमन्त्री
दीपक साह - श्रममन्त्री
सस्मित पोखरेल- शिक्षामन्त्री
खडक पौडेल (गणेश) - पर्यटनमन्त्री
सीता वादी- महिलामन्त्री
निशा मेहता - स्वास्थ्य