सिरहा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिरहा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच औपचारिक चुनावी सहकार्य भएको छ ।
दुवै दलले संयुक्त रूपमा जारी गरेको जानकारीअनुसार जनताको हित, सुशासन, लोकतान्त्रिक मूल्य–मान्यता तथा परिवर्तनमुखी राजनीतिक अभ्यासलाई सुदृढ बनाउने साझा उद्देश्यका साथ यो सहकार्य गरिएको हो ।
सहमति अनुसार प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिव साद यादवलाई दुवै दलले समर्थन गर्ने निर्णय गरेका छन् । यस क्रममा मतदातालाई रास्वपाको चुनाव चिह्न ‘घण्टी’ मा मतदान गर्न आग्रह गरिएको छ।
त्यसैगरी, समानुपातिकतर्फ भने प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्ना उम्मेदवार तथा पार्टीको चुनाव चिह्न ‘खुलेको एकल आँखा’ मा मतदान गर्न आफ्ना नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकलाई आग्रह गरेको छ ।