Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण तालिका

यस्तो छ राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण तालिका

शुक्रवार , माघ १६, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतवार जापानको औपचारिक भ्रमणमा जाने भएका छन् ।

मित्रराष्ट्र जापानले नेपालसँग कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति पौडेलले आफ्नो मुलुकको भ्रमण गरिदिए हुन्थ्यो भन्ने इच्छा राखेको छ। त्यही इच्छा बमोजिम राष्ट्रपति पौडेलसहितको प्रतिनिधिमण्डल भ्रमणका लागि जान लागेको हो ।

दुई मुलुकबीच १७ भदौ २०१३ ९१ सेप्टेम्बर १९५६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल यही माघ १८ गतेदेखि २१ गतेसम्म भ्रमण सम्पन्न गरी नेपाल फर्किने छन् ।

माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुने कार्यक्रम छ । यसै क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि राष्ट्रपति पौडेलको शिष्टाचार भेट तय छ ।

त्यसपछि माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट हुनेछ । सोही दिन जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि भेटवार्ता हुने परराष्ट्र सचिव राईले जानकारी दिए ।

राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँगको बैठकमा पनि सहभागी हुनेछन् ।

यस्तै जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ । भ्रमणमा राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू रहनेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077