Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगामी चुनावमा कांग्रेस संसद्को पहिलो पार्टी बन्छ : शेखर कोइराला

आगामी चुनावमा कांग्रेस संसद्को पहिलो पार्टी बन्छ : शेखर कोइराला

मंगलवार , माघ १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी चुनावमा नेपाली कांग्रेस संसद्को पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

आफ्नै सम्पर्क कार्यालयमा पत्रकारहरूसँग भेटघाट गर्दै कोइरालाले सामाजिक सञ्जालमा नयाँ पार्टीहरूको प्रचार तीव्र भए पनि कांग्रेसले जनमत नगुमाएको बताएका हुन् ।

चुनाव कांग्रेसका लागि आफ्नो सामर्थ्य जाँच्ने समय भएकाले आन्तरिक विवादलाई थन्क्याएर सबैले चुनावी परिणाममा ध्यान दिनुपर्ने उनको भनाइ छ।

उनले भने, 'कांग्रेस अबको चुनावबाट पनि संसद्को पहिलो पार्टी बन्छ। सामाजिक सञ्जालमा प्रचार फरक ढंगले भए पनि कांग्रेसले जनमत गुमाएको छैन।'

सबै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार भएकाले समानुपातिक मत बढ्ने र प्रत्यक्षतर्फको सिट पनि घट्नेभन्दा बढ्ने उनको दाबी छ। 'सबै पार्टी एक्लाएक्लै लडेकाले प्रत्यक्षतर्फको सिट पनि बढ्छ, घट्दैन,' उनले भने ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077