Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभामा कांग्रेसले खोल्यो खाता, मनाङमा गुरुङ निर्विरोध

प्रतिनिधिसभामा कांग्रेसले खोल्यो खाता, मनाङमा गुरुङ निर्विरोध

शुक्रवार , माघ ९, २०८२

मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन्।

यद्यपी निर्वाचन आयोगले औपचारिक घोषणा गरेको छैन ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गुरुङलाई बधाई दिँदै सामाजिक सञ्जालबाट कांग्रेसको विजयी सुरुवात भएको उल्लेख गरेका छन् ।

भण्डारीले लेखेका छन्, 'हार्दिक बधाई तथा शुभकामना ! नेपाली कांग्रेसका नेता टेक बहादुर गुरुङ ज्यु । मनाङबाट निर्बिरोध विजयी हुनु लोकतान्त्रिक अभ्यास, संगठनात्मक एकता र जनविश्वासको स्पष्ट प्रमाण हो।

यो जित केवल व्यक्तिको मात्र होइन— पार्टीको अनुशासन, सहमति र परिपक्व राजनीतिक संस्कारको सामूहिक जित हो।मनाङवासी जनताप्रति हार्दिक धन्यवाद ।'

यस्तो छ भण्डारीको स्टाटस :
गजब नै हो !!

हार्दिक बधाई तथा शुभकामना !!

नेपाली कांग्रेसका नेता टेक बहादुर गुरुङ ज्यु

मनाङबाट निर्बिरोध विजयी हुनु

लोकतान्त्रिक अभ्यास, संगठनात्मक एकता

र जनविश्वासको स्पष्ट प्रमाण हो।

यो जित केवल व्यक्तिको मात्र होइन—

पार्टीको अनुशासन, सहमति र परिपक्व राजनीतिक संस्कारको सामूहिक जित हो।

मनाङवासी जनताप्रति हार्दिक धन्यवाद,

साथै नेपाली कांग्रेसलाई

अझ जिम्मेवार, उत्तरदायी र जनमुखी बन्ने सन्देश पनि।

यस सफलताले—

- पार्टीको एकता अझ बलियो बनाओस् !

- असल काम गर्ने दबाब बढाओस् !

- देशलाई स्थायित्व, सुशासन र पारदर्शितातर्फ लैजाओस् !

फेरि एकपटक—

हार्दिक बधाई !

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077