Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेखर कोइराला भन्छन्- विशेष महाधिवेशनमा गएको भए पार्टी दुई टुक्रा हुन्थ्यो

शेखर कोइराला भन्छन्- विशेष महाधिवेशनमा गएको भए पार्टी दुई टुक्रा हुन्थ्यो

बिहिवार , माघ ८, २०८२

मोरङ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन रोक्न मध्यमार्गी भूमिका निर्वाह गरेको जिकिर गरेका छन् ।

आज मोरङ क्षेत्र नम्बर ६ स्थित सुन्दरहरैँचामा कांग्रेसका समर्थकहरूसँग कुराकानी गर्दै कोइरालाले आफू दोस्रो विशेष महाधिवेशनमा सहभागि नभएर पार्टी विभाजनबाट रोकेको जिकिर हुन् ।

एक पक्ष विशेष महाधिवेशन र अर्को नियमित महाधिवेशन भनेर हिँड्दा आफूले मध्यमार्गी बाटो रोजेको बताउँदै उनले भने- 'विशेष महाधिवेशनमा गएको भए म पार्टी सभापति म बन्थेँ, बन्दैनथे त्यो बेग्लै कुरा हो तर, म त्यो हलमा गएको भए पार्टी दुई टुक्रा हुन्थ्यो । त्यसैले पार्टी नफुटोस् भनेर मैले मध्यमार्गी बाटो लिएँ ।'

आफू विशेष महाधिवेशनको हलमा गएको भए पार्टी दुई टुक्रा हुने निश्चित रहेको उनको भनाइ थियो । तर पार्टी दुई टुक्रा हुने देखेपछि त्यहाँ नगएको उनले बताए । ।

कोइराला विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको हस्ताक्षरमा वितरित टिकट लिएर मोरङ- ६ बाट उम्मेदवार बनेका छन् ।

कोइरालासंगको प्रतिष्प्रधाका लागि नेकपा एमालेका विनोद ढकाल मैदानमा उत्रिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077