Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मनोनयन दर्ताकै दिन रविलाई झड्का, पर्सा अदालतले माग्यो १ करोड धरौटी

मनोनयन दर्ताकै दिन रविलाई झड्का, पर्सा अदालतले माग्यो १ करोड धरौटी

मंगलवार , माघ ६, २०८२

पर्सा । सहकारी ठगी मुद्दामा जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग गरेको छ ।

आज जिल्ला अदालतका न्यायाधीश रुद्र सुवेदीको इजलासले सहकारी ठगी प्रकरणको मुद्दामा रविसँग १ करोड धरौटी माग गरेको हो ।

गत असार १ मा वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा पर्सामा मुद्दा दायर गरिएको थियो ।

उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । रवि अदालतमा हाजिर भएर फागुन २१ को निर्वाचनका लागि चितवन- २ मा मनोनयनमा जाने तयारीमा थिए ।

मनोनयन दर्ता कै दिनमा नै जिल्ला अदालतले सो आदेश दिएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077