Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेताजी होइन, जनता भएर लड्छु : सुमना श्रेष्ठ

नेताजी होइन, जनता भएर लड्छु : सुमना श्रेष्ठ

सोमवार , माघ ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा निवर्तमान सांसद सुमना श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार उनले यसपटकको चुनावी दौडबाट बाहिर रहने र जनताको पक्षमा उभिएर प्रश्न सोध्ने भूमिकामा रहने बताएकी हुन् ।

श्रेष्ठले आफू चाहन्थिन् भने कुनै दलको जिम्मेवार पद सम्हाल्न वा कुनै निर्वाचन क्षेत्रमा गएर चुनाव लड्न सक्ने बताउँदै त्यसो गर्नु आफ्ना आदर्श गुमाउनु जस्तै हुने उल्लेख गरेकी छन्।

‘म चाहन्थेँ भने कुनै अमुक दलको जिम्मेवार पद अथवा कुनै निर्वाचन क्षेत्रमा गएर चुनाव लड्न सक्थेँ,’ उनले भनेकी छन्, ‘तर, त्यो गर्नु भनेको मैले मेरो आदर्श गुमाउनु हो जस्तो लाग्यो। त्यो मबाट हुँदैन।’

आफूलाई चुनाव लड्न आग्रह गर्दै फोन र इमेल गर्ने शुभचिन्तकहरूप्रति आभार व्यक्त गर्दै उनले क्षमा समेत मागेकी छन्।
‘यस पटकको निर्वाचनमा म नेताजी भएर होइन, जनता भएर रहन चाहन्छु र जनतासँगै बसेर देशको सेवा गर्न चाहन्छु,’ उनले भनिन्।

श्रेष्ठले विगतमा नेताहरूले गरेका धेरै बाचा पूरा नभएको स्मरण गराउँदै यसपटकको निर्वाचनमा जनताले पुराना बाचाहरूको साँवा मात्र नभई ब्याजसहित हिसाब माग्नुपर्ने बताइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077