Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विदेशमा रहेका नेपालीलाई मतदान गराउन कुनै दलको अनुमति कुर्न पर्दैन: सुमना श्रेष्ठ

विदेशमा रहेका नेपालीलाई मतदान गराउन कुनै दलको अनुमति कुर्न पर्दैन: सुमना श्रेष्ठ

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । पूर्वप्रतिनिधिसभा सांसद सुमना श्रेष्ठले समय अभाव र दलीय सहमति जुटाउन नसकिने बहानामा विदेशमा रहेका नेपालीलाई मतदानबाट वञ्चित गर्न लागिएको भन्दै असन्तुष्टि जनाएकी छिन् ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समय अभाव तथा दलहरूको सहमति नपुग्ने कारण देखाउँदै वैदेशिक मतदाता तथा अन्तर-निर्वाचन क्षेत्र मतदान व्यवस्था सम्भव नहुने भन्दै सरकारलाई जानकारी गराएपछि श्रेष्ठले आपत्ति जनाएकी हुन् ।

सामाजिक सञ्जालमार्फत सुमनाले भनेकी छिन्- 'दर्ता भइसकेका मतदातालाई मतदान गर्न नदिने कुन कुन दल रहेछ नाम खुलाउनुस् त, हामी पनि थाहा पाइराखौँ । निर्वाचन आयोग संवैधानिक निकाय हो, सबै बालिग मतदातालाई समेटेर निष्पक्ष निर्वाचन गराउने म्यान्डेट पाएको । यसका लागि कुनै दलको अनुमति कुर्न पर्दैन ।'

साथै श्रेष्ठले सरकारलाई प्रश्न गरेकी छन्- 'विदेशमा रहेका नागरिकलाई मतदान गर्न व्यवस्था मिलाउनु भनेर वर्षौंअघि सर्वोच्चको परमादेश छ, हालसम्म केही तैयारी छैन ? निर्वाचन आयोगले मिति घोषणा भएपछि मात्र काम सुरु गर्ने हो ? त्यसो हो भने निर्वाचन आयोगमा स्थायी कर्मचारीको औचित्य के ?'

उनले आगामी निर्वाचनलाई जेनजी आन्दोलनको मर्म बोकेको भन्दै उही अनुहारहरू दोहोर्‍याउने चेष्टा कोहीबाट पनि नगर्नसमेत चेतावनी दिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077