Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुराना दललाई फर्कन नदिन वैकल्पिक शक्तिबीच एकता अपरिहार्य: सुमना श्रेष्ठ

पुराना दललाई फर्कन नदिन वैकल्पिक शक्तिबीच एकता अपरिहार्य: सुमना श्रेष्ठ

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । रास्वपा छाडेकी पूर्वमन्त्री सुमना श्रेष्ठले मुलुकलाई निकास दिन वैकल्पिक राजनीतिक शक्तिबीच एकता अपरिहार्य भएको बताएकी छिन्।

रास्वपा छोडेर हाल स्वतन्त्र रहँदै आएकी उनले बुधवार उज्यालो पार्टी नेपाल घोषणा सभालाई सम्बोधन गर्दै यस्तो बताएकी हुन्।

जेनजी विद्रोहमार्फत अपदस्थ भएका पुराना राजनीतिक दलका नेताहरुलाई कुर्सीमा फर्कन नदिन वैकल्पिक शक्तिबीच आपसी सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

उनले भनिन्- 'धेरै जनाले सोध्छन् सुमना कहाँ छ ? सुमना एकतामा छ। वैकल्पिक शक्तिहरूबिच एकता हुनैपर्छ। पुरानो राजनीतिक संस्कार फाल्नका लागि हाम्रा भाईबहिनिहरुले स्कुल युनिफर्ममा गोली खाएर अपदस्त गरे उनीहरूलाई फेरी कुर्सिमा पुग्नबाट रोक्ने हाम्रो दायित्व हो ।'

उनले फराकिलो दृष्टिकोणसहित साझा एजेण्डामा आवद्ध हुन आग्रह गर्दै सुशासन, विधिको शासन, विभेदरहित समाज र समान अवसर प्रदान गर्ने दिशामा अघि बढ्न सबै पक्षलाई आह्वान समेत गरिन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077