Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रत्यक्षतर्फका उम्मेदवार छान्न एमाले सचिवालय बैठक बस्दै

प्रत्यक्षतर्फका उम्मेदवार छान्न एमाले सचिवालय बैठक बस्दै

शनिवार , माघ ३, २०८२

काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।

प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले आज उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने तयारी गरेको छ ।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। जस अनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077