Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आयोग पुगेर शेखरले भने- हामी यहाँ आउनै नपर्ने थियो, तर सञ्चारमाध्यमहरूले बाध्य बनाए

निर्वाचन आयोग पुगेर शेखरले भने- हामी यहाँ आउनै नपर्ने थियो, तर सञ्चारमाध्यमहरूले बाध्य बनाए

शुक्रवार , माघ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बहुमत अझै आफूहरूको पक्षमै रहेको जिकिर गर्दै निर्वाचन आयोगमा जानुपर्ने अवस्था नरहेको बताएका छन् ।

आयोगमा पार्टीको आधिकारिकताबारे दाबीका लागि पुगेका कोइरालाले गगन थापा नेतृत्वमा गएको समूह पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गर्दै यस्तो बताएका हुन् ।

कोइरालाले सिंगो केन्द्रीय समिति अहिले निर्वाचन आयोग आएको बताउँदै आधिकारिक आफूहरू नै रहेको बताए ।

उनले भने- 'व्यक्ति होइन, संस्था खोजिएको हो। संस्थागत निर्णय नै आधिकारिक हुन्छ । ‘सिंगो केन्द्रीय समिति र सदस्य यहाँ छन्, केही चोइटिएर गए होलान् ।'

उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउने अधिकार पाए पनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि केन्द्रीय समितिले नै तय गर्नुपर्ने स्पष्ट व्यवस्था विधानमै रहेको दाबी गरे । कुनै पदाधिकारी वा व्यक्तिले एकल रूपमा विशेष अधिवेशन बोलाउने अधिकार विधानले नदिएको उनको भनाइ छ।

उनले थप भने- 'हामी यहाँ आउनै नपर्ने जस्तो लाग्छ, तर सञ्चारमाध्यमहरूले बाध्य बनाइदिए ।'

सञ्चारमाध्यमहरूको दबाबका कारण मात्रै आयोगसम्म आएको नत्र आउनै पर्ने कारण नभएको उनको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077