Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ह्वाइट हाउसको दाबी - ट्रम्पको चेतावनीपछि इरानले रोक्यो ८०० मृत्युदण्ड

ह्वाइट हाउसको दाबी - ट्रम्पको चेतावनीपछि इरानले रोक्यो ८०० मृत्युदण्ड

शुक्रवार , माघ २, २०८२

एजेन्सी । इरानले करिब ८०० जनाको मृत्युदण्ड रोकेको ह्वाइट हाउसले दाबी गरेको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको टोलीले हत्या जारी रहेको खण्डमा गम्भीर परिणाम भोग्नुपर्ने सन्देश पठाएपछि मृत्युदण्ड रोकिएको हो।

शुक्रबारका लागि तय गरिएको ८०० मृत्युदण्ड स्थगित भएको जानकारी बिहीबार नै ट्रप्पलाई आएको उनको दाबी छ।

इरानमा केही दिनदेखि विरोध प्रदर्शनहरू जारी छ। इरानी अधिकारीहरूले प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिइरहेका दाबी गरिएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले कुनै पनि प्रदर्शनकारीलाई मृत्युदण्ड दिएमा अमेरिकाले त्यसविरुद्ध कडा कारबाहीगर्ने चेतावनी दिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077