काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजनको अवस्थामा पुगेपछि संस्थापक नेता बीपी कोइरालालाई स्मरण गरेका छन् ।
विशेष महाधिवेशनबाट नयाँ चेतृत्व चयनपश्चात कोइरालाले आम कार्यकर्तालाई अविचलित रहन आग्रह गर्दै पार्टी निर्माणका क्रममा बीपीको योगदानको स्मरण समेत गरेका छन् ।
बीपीले आह्वान गरे अनुसार आफ्नो ज्यानको बाजी लगाएर पार्टी निर्माण भएको बताउँदै एक समूहले बीपीमाथि धोका दिएर गएको टिप्पणी गरे। उनले विशेष महाधिवेशनबाट नवनिर्वाचित नयाँ टिमलाई लक्षित गरेर सो टिप्पणी गरेका हुन् ।
‘बीपी कोइरालालाई जीउ ज्यानको बाजी लगाएर साथ दिने लाखौं साथीहरु पार्टीमा अविचलित भएर लोकतन्त्रको संघर्षमा अथकित भै संघर्षरत रहे, तर केही व्यक्ति र समुह विपीलाई छाडेर गए । उहाँ यसलाई नियतिको खेल भन्नुहुन्थ्यो,’ उनले भनेका छन् ।
त्यस्तै उनले कांग्रेससँग आसन्न निर्वाचन र नेपाली कांग्रेसको इतिहासको गौरवलाई जोगाउने जिम्मेवारी रहेको बताए ।