Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मकर सङ्क्रान्तिको शुभकामना दिँदै बालेनले भने– शैली फरक भए पनि भावना एउटै

मकर सङ्क्रान्तिको शुभकामना दिँदै बालेनले भने– शैली फरक भए पनि भावना एउटै

बिहिवार , माघ १, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले माघे संक्रान्तिको अवसरमा सबै नेपालीलाई शुभकामना दिएका छन् ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै चर्चित गीतको अंश ‘सय थरि बाजा एउटै ताल, सय थरि गोडा एउटै चाल, सब हो एउटै हामी नेपाली, एउटै हाम्रो देश नेपाल’ उद्धृत गर्दै नेपालीपनको भाव व्यक्त गरेका छन् ।

उनले माघ १ गते सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर संक्रान्ति, तिलुवा संक्रान्ति वा माघीका रूपमा मनाइने जानकारी दिएका छन् । बालेनले विभिन्न समुदायले यस पर्वलाई फरक रूपमा मनाउने तर अन्ततः सबैको भावना एउटै हुने बताए । नेवार समुदायले ‘घ्यः चाकु संल्हू’, किरात समुदायले नयाँ वर्ष ‘येले संवत्’, र थारु समुदायले माघी पर्व मनाउने परम्परा सम्झाएका छन् ।

उनले यो दिनलाई केवल प्रकृति फेरिने दिन नभई नेपालको बहुसांस्कृतिक विविधताको संगम भएको उल्लेख गरेका छन् ।

''

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077