Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी काठमाडौं नै फर्कियो

बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी काठमाडौं नै फर्कियो

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको छ। 
 झापा क्षेत्र नम्बर ५ बाट रास्वपाका उम्मेदवार समेत रहेका बालेन काठमाडौं महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रमा मतदान गरेपछि बिहान करिब साढे ९ बजे झापातर्फ लागेका थिए ।

काठमाडौंबाट उडेको हेली एभरेस्ट को  9N–AOB कलसाइन भएको हेलिकोप्टर निर्धारित गन्तव्यमा अवतरण नगरी पुनः काठमाडौं फर्किएको हो । 

मौसमको खराबीका कारण ल्याण्ड हुन नसकेर काठमाडौं फर्किएको स्रोतले जनाइएको छ। 

यसअघि चार्टर उडानमार्फत झापा जाने तयारीमा रहेका बालेन काठमाडौंबाट झापाका लागि कुनै नियमित हवाई उडान नरहेकाले हेलिकोप्टरमार्फत यात्रा व्यवस्थापन गरिएको थियो। 

 हेलिकोप्टरमा बालेनसहित ५ यात्रु रहेको स्रोतले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077