Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदान सम्पन्न भएसँगै बालेनले प्रधानमन्त्री कार्कीलाई भने– हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ

मतदान सम्पन्न भएसँगै बालेनले प्रधानमन्त्री कार्कीलाई भने– हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ ले शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएकोमा सरकारलाई बधाई दिएका छन् ।

बिहीबार देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएसँगै झापा क्षेत्र नं ५ का उम्मेदवार समेत रहेका बालेनले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले लोकतन्त्र जितेको बताए ।

हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश कार्की भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्। 

त्यसो त जेनजी आन्दोलनपछि चौतर्फी रुपमा बालेनलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा अघि सार्नुपर्ने आवाज उठिरहेको थियो । तर बालेनले भने तत्कालीन समयमा कार्कीलाई अघि सारेका थिए ।

त्यसपछि कार्की नेतृत्वको सरकारले फागुन २१ का लागि प्रतिनिधि सभा निर्वाचन तोकेको थियो ।

आज निर्वाचन सम्पन्न भएसँगै कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मुख्य जिम्मेवारी पूरा गरेको हो।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077