Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनको शपथ लगत्तै बालुवाटार छाड्ने तयारीमा प्रधानमन्त्री कार्की

बालेनको शपथ लगत्तै बालुवाटार छाड्ने तयारीमा प्रधानमन्त्री कार्की

मंगलवार , चैत्र १०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारको सरकारी निवास छाड्ने तयारीमा छिन्।

नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीको शपथ लिँदैछन् ।

नयाँ प्रधानमन्त्रीका रूपमा बालेनले शपथ लिएकै दिन कार्कीले बालुवाटारको सरकारी निवास छाड्ने तयारीमा लागेकी हुन् । 

'उहाँहरुको सबैजसो सामान नीजि निवासमा सारिएको छ, नयाँ प्रधानमन्त्रीले शपथ लिएलगत्तै उहाँहरु अब तत्काल टोखा सरिहाल्ने तयारीमा हुनुहुन्छ । शुक्रबार नयाँ प्रधानमन्त्रीको  शपथलगत्तै उहाँहरु सोझै नीजि निवासमा जाने तयारी छ,' प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले भने।

यसैगरी जिम्मेवारी छाड्न केही दिनमात्रै बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जिम्मेवारी छाडिसकेकी छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन भयावह भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएका थिए ।

त्यसपछि कार्की भदौ २७ मा प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटारमा बस्दै आएकी थिइन् ।

जेनजी आन्दोलनपछि ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेट पाएकी कार्कीले निर्वाचन सम्पन्न गराएसँगै नयाँ प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गरेर निजी जीवनमा फर्कन लागेकी हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077