Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवन पुगेर बालेनले भने- केही विचौलियाले भ्रम छरेर किसान मार्कामा छन्

चितवन पुगेर बालेनले भने- केही विचौलियाले भ्रम छरेर किसान मार्कामा छन्

शुक्रवार , फाल्गुण १५, २०८२

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले किसानले तरकारी फाल्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।

शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले सिंगो देशबासीलाई आफ्नै देशमा उत्पादन भएको तरकारी खुवाउन चितवनलाई तरकारीलाई कोल्ड स्टोरमा राख्ने हब बनाउने बताएका हुन्। 

बालेनले भने- 'किसानले सही मूल्य र बजार नपाएको समस्या रहेछ । केही  विचौलिया र नेताहरूको सिन्डिकेटले भारतमा अनेक अनुदान पाउने किसानले उत्पादन गरेको सस्तो तरकारी ल्याएर यहाँको किसानको चाहीँ महंगो जस्तो देखाएर भ्रम सिर्जना गराएर मार्ने काम भएको छ । त्यो रोक्न जरुरी छ ।'

उनले केही नेता र विचौलियाले सिन्डिकेटमा पारेर देशबाहिरको तरकारी खुवाएर किसानलाई मार्ने काम भएको आरोप लगाएका छन् ।

उनले भने- 'तरकारीको कोल्ड स्टोरेजमा स्टोर गर्ने हब बन्न सक्छ, चितवन त्यो बनाउने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी। '

चितवनमा मात्रै नभएर देशभरीको तरकारी स्टोर गर्ने कोल्ड स्टोर बनाउन सकिने उनको भनाइ थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077