काठमाडौं । नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ । पार्टीले बुधबार जारी गरेको अपानिमार्फत संगठन र राजनीतिक कामको समन्वयका लागि विभिन्न जिम्मेवारी तोकेको हो ।
अपानिअनुसार कोशी प्रदेशको संयोजकको जिम्मेवारी शेरधन राईलाई दिइएको छ।
मधेस प्रदेशमा लिलानाथ श्रेष्ठ, वाग्मती प्रदेशमा महेश बस्नेत, राजधानी प्रदेशमा डा. राजन भट्टराई, गण्डकी प्रदेशमा खगराज अधिकारी, लुम्बिनी प्रदेशमा पद्मा अर्याल, कर्णाली प्रदेशमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा गणेश ठगुन्नालाई संयोजक तोकिएको छ।
त्यसैगरी निर्वाचन आयोगसँग समन्वय गर्ने जिम्मेवारी रमेश वडाललाई दिइएको छ। संगठन विभाग तथा जनसंगठनसम्बन्धी कामको संयोजन भानुभक्त ढकाललाई र प्रचार–प्रसार तथा सूचना व्यवस्थापनको जिम्मेवारी मीनबहादुर शाहीलाई तोकिएको छ।