Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओखलढुंगाबाट ईश्वर पोखरेलसहित ५ जनाको उम्मेदवारी सिफारिस

ओखलढुंगाबाट ईश्वर पोखरेलसहित ५ जनाको उम्मेदवारी सिफारिस

बिहिवार , पौष २४, २०८२

ओखलढुंगा । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ओखलढुंगाबाट पार्टी नेता ईश्वर पोखरेलसहित ५ जनाको उम्मेदवारी सिफारिस गरेको छ ।

बुधबार बसेको जिल्ला कमिटीको विस्तारित बैठकले पोखरेलको नाम एक नम्बरमा सिफारिस गरेको हो ।

यसैगरी, ओखलढुंगाबाट जिल्ला इन्चार्ज यज्ञराज सुनुवार, कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला कमिटी अध्यक्ष जिबी खड्का र नेता नानीबाबु बुढाथोकीको नाम पनि उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।

यसअघि पोखरेलको नाम काठमाडौ-५ र  धनुषा–१ बाट पनि सिफारिस भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077