Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले खोस्यो ईश्वर पोखरेलको जिम्मेवारी, विष्णु पौडेल बने नीति अनुसन्धान प्रमुख

एमालेले खोस्यो ईश्वर पोखरेलको जिम्मेवारी, विष्णु पौडेल बने नीति अनुसन्धान प्रमुख

मंगलवार , पौष २२, २०८२

काठमाडौं। नेकपा एमालेले ईश्वर पोखरेलको जिम्मेवारी खोसेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी रिमाललाई दिने प्रस्ताव गरेका थिए । पोखरेललाई जिम्मेवारीबाट हटाउने उक्त प्रस्तावमा केही पदाधिकारीले असहमति समेत जनाएका थिए ।

तर आफूसँग अध्यक्षमा भिडेका पोखरेललाई जिम्मेवारीबाट हटाउने प्रस्तावमा ओली अडिग रहेपछि पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी रिमाललाई दिइएको हो ।

'विष्णु रिमाल राम्रो मान्छे हो, तर चुनाव हार्नुभयो उहाँलाई जिम्मेवारी दिनुपर्छ ।' ओलीले प्रस्ताव गरेका थिए ।

११ औँ महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार रहेका रिमाल केन्द्रीय सदस्यमा समेत पराजित भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077