Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विशेष महाधिवेशन केन्द्रीय समितिले नै बोलाउनुपर्छ: शेखर कोइराला

विशेष महाधिवेशन केन्द्रीय समितिले नै बोलाउनुपर्छ: शेखर कोइराला

मंगलवार , पौष २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको विशेष महाधिवेशन केन्द्रीय समितिले नै बोलाउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंको बालुवाटारमा कांग्रेसका ३० भन्दा बढी केन्द्रीय सदस्यसँगको भेटमा उनले समितिले नै विशेष महाधिवेशन आह्वान गर्दा पार्टीभित्र एकताको सन्देश जाने बताए ।

राष्ट्रियसभा र प्रतिनिधिसभाको समानुपातिक उमेदवार टुंग्याइएपछि विशेष महाधिवेशनमा जाँदा पार्टीका निम्ति हित हुनेमा उनले जोड दिए ।

डा. शेखरले भने- 'पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुन्छ । त्यो बेलासम्म राष्ट्रियसभा तथा प्रतिनिधिसभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।'

भेटमा उनले केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसको वातावरण निर्माणमा लागिपरेको सुनाए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले गठबन्धन गर्न नहुने पनि उनले बताए ।

उनले पार्टीमा सुदृढ एकता आवश्यक रहेको औँल्याए । प्रत्यक्षतर्फ केही सिटमा लाभ लिन गठबन्धन गर्दा पार्टीभित्रको एकतामा संकट आउने उनले टिप्पणी गरे । त्यसले समग्र पार्टीप्रतिको विश्वास नै घट्ने उनको भनाइ थियो ।

भेटमा केन्द्रीय सदस्य पुष्पा भुसालले मध्यमार्गी विकल्पमार्फत पार्टी जोगाउन आग्रह गरिन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077