काठमाडौंं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल हुनेछ ।
माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति पुस २३ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच तालमेलबारे नेताहरूले छलफल गरिरहेका छन् ।