बझाङ । नेकपा एमाले बझाङले प्रतिनिधिसभा सदस्यका लागि ऐनबहादुर महरसहित तीन जनाको नाम सिफारिस गरेको छ । पार्टी केन्द्रबाट प्राप्त निर्देशन र निर्धारित निर्वाचन प्रक्रियाअनुसार जिल्ला कमिटीले उम्मेदवार सिफारिस गरेको हो ।
सिफारिस सूचीमा एमालेका केन्द्रीय सदस्य ऐनबहादुर महर, जिल्ला कमिटी बझाङका पूर्व उपाध्यक्ष मोहनराज जोशी तथा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य धनलक्ष्मी खत्री रहेका छन्।
केन्द्रीय सदस्य महर अनेरास्ववियुका पूर्व अध्यक्षसमेत हुन् । उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी पाँच दलीय गठबन्धनका उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए।
बझाङकै प्रभावशाली युवा नेताका रूपमा परिचित महर पुनः चुनावी मैदानमा उत्रिने सम्भावनाले जिल्लाको राजनीतिक वृत्तमा चर्चा चुलिएको छ।