Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको बन्दसूचीप्रति तोसिमाको असन्तुष्टि- प्राइमरीको मूल्य नै समाप्त पारियो

रास्वपाको बन्दसूचीप्रति तोसिमाको असन्तुष्टि- प्राइमरीको मूल्य नै समाप्त पारियो

बुधवार , पौष १६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले तयार पारेको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति कडा आपत्ति जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बन्दसूचीले समानुपातिक प्रणालीको मूल मर्म नै बेवास्ता गरेको आरोप लगाएकी हुन्।

विशेषगरी आर्थिक र सामाजिक रूपमा पछि परेका समुदायलाई सूचीमा समेट्न नसकिएको भन्दै उनले नेतृत्वप्रति प्रश्न उठाएकी छन्।

मध्यराति सामाजिक सञ्जाल फेसबुकमा कर्णाली र सुदूरपश्चिमका नागरिकसँगको तस्वीर पोष्ट गर्दै कार्कीले लेखेकी छन्- 'समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो । सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ । सूचीले कर्णाली बोल्नुपर्छ । सुदूरपश्चिम बोल्नुपर्छ । सूचीले गाउँ बोल्नुपर्छ । तर, पार्टीको नेतृत्वका आफन्तहरु र पार्टीको भाइटल पोष्टमा हुनेहरु नै समानुपातिक सूचीको लागि आकाङ्क्षी हुनु र त्यही आफ्नो स्पेस बनाउनुरबनाइनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ । समानुपातिकले समावेश गराउनुपर्छ निषेध होइन ?'

समानुपातिक प्रणालीको उद्देश्य पहुँच र शक्ति नभएका तर योग्य व्यक्तिलाई संसदसम्म पुर्‍याउनु भएको उल्लेख गर्दै कार्कीले पार्टी नेतृत्वसँग नजिकका व्यक्ति तथा महत्वपूर्ण पदमा बसेकाहरू नै सूचीमा अघि सरेको अवस्था अशोभनीय भएको बताएकी छन्।

पदमा पनि बस्ने र चुनावमा पनि समानुपातिकबाट सुरक्षित स्थान खोज्ने प्रवृत्ति पुराना दलको संस्कारसँग फरक नरहेको उनको टिप्पणी छ। ‘भाइटल पोजिसन’मा रहेका नेताहरूले प्रत्यक्ष चुनाव लड्ने आँट गर्नुपर्ने भन्दै उनले डर किन देखिएको हो भनेर प्रश्नसमेत गरेकी छन्।

पार्टी अहिले मजबुत अवस्थामा रहेको भन्दै कार्कीले नेतृत्व स्वयं चुनाव लड्न डराए अरू कार्यकर्ताले कसरी हिम्मत गर्ने भन्ने प्रश्न उठाएकी छन्।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077