Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मैले उठाएको पुनर्गठनको एजेन्डा रवि लामिछाने विरुद्धको होइन: तोसिमा कार्की

मैले उठाएको पुनर्गठनको एजेन्डा रवि लामिछाने विरुद्धको होइन: तोसिमा कार्की

शनिवार , कार्तिक ८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले पार्टी सभापति रवि लामिछानेको विकल्पका लागि पुनर्गठनको एजेन्डा नउठाएको बताएकी छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देशमार्फत उनले सो कुराको जानकारी दिएकी हुन् ।

उनले भिडियो सन्देशमा भनेकी छन्- 'अहिलेको यथास्थितिमै चलिरहने हो भने चाहेर पनि मेजर पार्टी बन्न सक्दैनौं । रास्वपाले ठूलो हृदय लिएर एउटा प्लेटफर्म लिएर अघि बढ्नुपर्छ, कृपया रवि लामिछानेको विकल्प खोजेर यस्तो भनिएको हो भन्ने कसैले नभनौँ । म आफ्नो पेसा छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई अपनाएर आएको मान्छे हुँ । मैले उठाएको पुनर्गठनको एजेन्डा व्यक्ति विरुद्धको होइन ।'

उनले निरन्तर विभिन्न आरोप लगाएर आफूमाथि आक्रमण नगर्न पार्टी पंक्ति र अन्यलाई आग्रह गरेकी छिन् ।

उनले भनेकी छन्- 'पदाधिकारी, सचिवालय र केन्द्रीय समितिमा पुनरावलोकन, पुनर्गठन गरेर उहाँहरूलाई अटाउने किसिमको हामी ठूलो बन्नुपर्छ। कृपया मिथ्या आरोपहरू लगाएर निरन्तर ममाथि प्रहार नगरिदिनुहोला । यो पार्टीलाई हुर्काउन, बढाउन र सबल बनाउन दु:ख गरेको छु । गर्नेछु ।'

उनले वैकल्पिक शक्ति, स्वतन्त्र व्यक्ति, वुद्धिजिवी, नागरिक समाज र जेनजीहरूलाई अटाउनेगरी उदार हुनुपर्ने बताउँदै पदाधिकारी, सचिवालय र केन्द्रीय समिति पुनरावलोकन गर्नुपर्ने बताइन् ।

पछिल्लो पटक पार्टी पुनर्गठनको एजेन्डा अघि सार्दै आएकी उनले सचिवालय विस्तारमा समेत असन्तुष्टि राख्दै आएकी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077