Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६४ दलले आयोगमा बुझाए समानुपातिकको बन्दसूची

६४ दलले आयोगमा बुझाए समानुपातिकको बन्दसूची

मंगलवार , पौष १५, २०८२

काठमाडौं । निर्वाचन आयोगमा ६४ दलले समानुपातिकर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् ।

दर्ता भएका १ सय दलमध्ये सोमबार र मंगलबार गरेर जम्मा ६४ दलले मात्रै समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाएका हुन्।

आयोगमा बुझाउनेमा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, नेपाल श्रम संस्कृति पार्टी, बहुजन शक्ति पार्टी, नेकपा संयुक्त, नेकपा, नेपाली जनता दल, जय मातृभूमि पार्टी, नेकपा माओवादी, सार्वभौम पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता दल, संयुक्त नागरिक पार्टी, राष्ट्र निर्माण पार्टी, राष्ट्रिय जनता पार्टी, नेपाल मातृभूमि पार्टी, मितेरी पार्टी, जनअधिकार पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, संसदीय लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, कांग्रेस बीपी लगायतका दल रहेका छन्।

निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउनका लागि सोमबारसम्मको समय दिएको थियो ।

निर्धारित समयमा बन्दसूचीका लागि निस्सा बुझाएका दलले मंगलबारसम्म पनि बन्दसूची बुझाइरहेको आयोगले जनाएको छ ।

६४ वटा राजनीतिक दलबाट तीन हजार चारसय २४ जनाको उम्मदेवारी परेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार यस पटक ६४ दल ५८ वटा चुनाव चिह्नबाट निर्वाचन लड्दैछन्। ५५ ओटा दल आ-आफ्नो चुनाव चिह्नबाट चुनाव लड्ने र १० वटा दल चारवटा चुनाव चिह्नमा निर्वाचन लड्ने भएका छन्।

प्राप्त बन्द सूचीका सम्बन्धमा यही पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिकाअनुसार काम हुने बताए ।

आयोगले पुस २० गतेसम्म बन्दसूची छानबिन गरेपछि सच्याउनुपर्ने वा अपुग कागजात भएमा पुस २१ देखि २७ गतेसम्म मिलाउन दललाई समय दिनेछ ।

यही पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची जाँच गरिने आयोगले जनाएको छ । आगामी माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077