Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले बुझायो समानुपातिक बन्दसूची, बादलदेखि कोमल ओलीसम्म समेटिए

एमालेले बुझायो समानुपातिक बन्दसूची, बादलदेखि कोमल ओलीसम्म समेटिए

सोमवार , पौष १४, २०८२

काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा पार्टीका पदाधिकारीदेखि नयाँ पुस्ताका युवा नेतासम्मलाई समेटेको छ ।

सोमबार निर्वाचन आयोगमा सूची बुझाउने अन्तिम दिन एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’देखि कोमल ओलीसम्मका नाम समावेश गर्दै सूची दर्ता गराएको हो ।

एमालेले बन्दसूचीमा तीन पुस्ताको सन्तुलित समायोजन गरिएको जनाएको छ। पुरानो पुस्ताबाट उपाध्यक्ष बादलसँगै गुरु बराल, डा. पुष्प कँडेल तथा महिलातर्फ पद्मा अर्याल, टुका हमाल, निरु पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका लिम्बुलगायतका नाम समेटिएका छन्।

पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावलसहित आठ जना समावेश गरिएको छ। त्यस्तै, अपांगता क्षेत्रबाट पनि प्रतिनिधित्व दिइएको एमालेले जनाएको छ।

नयाँ पुस्ताबाट मीना बराम, मनकुमारी तितुङ, मायादेवी पोडेनी, निर्मल देउला, रामपुकार दास तत्म, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायतका युवा र समावेशी प्रतिनिधि समेटिएका छन्।

साथै क्रान्ति बुर्लाकोटी, अनिता कन्दङवा, निता घतानीलगायतका नाम पनि बन्दसूचीमा अटाएका छन्। निर्वाचन आयोगले सूचीको कानुनी परीक्षण र प्रमाणीकरण प्रक्रिया पूरा गरेपछि अन्तिम सूची सार्वजनिक गर्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077