Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले समानुपातिक बन्दसूची सोमबार बुझाउने

एमालेले समानुपातिक बन्दसूची सोमबार बुझाउने

आइतवार , पौष १३, २०८२

काठमाडौं। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।

आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै एमालेका सचिव महेश बस्नेतले अध्यक्षबाट प्रस्तुत नामहरूमा आएका सुझाव समेटेर अन्तिम टुंगो लगाउने जिम्मा पुनः अध्यक्षलाई नै दिइएको जानकारी दिए।

बस्नेतले भने, 'बैठकका अध्यक्षबाट प्रस्तुत सबै नाममा आएका सुझाव समेटेर फेरि उहाँले नै टुंग्याएर भोलि आयोगमा पेश गर्ने निर्णय भयो।'

यस निर्णयअनुसार एमालेले समानुपातिकतर्फ ११० जनाको बन्दसूची सोमबार आयोगमा बुझाउनेछ।

निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सबै मापदण्ड पूरा गरी सूची पेश गरिने एमालेले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077