Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे सहमति

रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे सहमति

आइतवार , पौष १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका बालेन शाहबीच सात बुँदे सहमति भएको छ । लामो समयदेखि चलिरहेको रस्साकस्सीपछि दुवै नेताबीच ७ बुँदे सहमति कायम भएको हो।

सहमतिमा जेनजी (नव) युवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने तथा आन्दोलनका क्रममा घाइते भएका र सहिद परिवारका मागहरू यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ।

सहमतिका पहिलो बुँदामा भनिएको छ, 'नव (जेनजी) युवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने।'

सहमतिको सबैभन्दा महत्वपूर्ण र राजनीतिक रूपमा ठुलो खुलासा चौथो बुँदामा गरिएको छ । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने नै रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेतासहित भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सार्ने उल्लेख गरिएको छ।

सहमति अनुसार नयाँ बन्ने दल, चुनाव चिह्न र पार्टी कार्यालयको नामसमेत राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ। साथै पार्टी संगठनमा युवाको व्यापक सहभागिता सुनिश्चित गर्ने विषयलाई प्राथमिकताका साथ समेटिएको छ।

May be an image of ticket stub, blueprint and text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077