Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन–कुलमान संवाद फेरि सुरु

बालेन–कुलमान संवाद फेरि सुरु

शनिवार , पौष १२, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच फेरि वार्ता भइरहेको छ । बालुवाटारस्थित एक घरमा अहिले उनीहरूबीच भेटवार्ता चलिरहेको हो ।

पार्टी केन्द्रीय समिति बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेलगत्तै घिसिङ बालेनसँग छलफलमा बसेका छन् ।

उक्त बैठकमा घिसिङले रास्वपाले अघि सारेको एकतासम्बन्धी प्रस्तावमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए ।

अस्तित्वको विषय उठाउँदै घिसिङले पार्टीको नाम, चुनाव चिन्ह र पद सबै छाडेर एकता सम्भव नहुने स्पष्ट पारेका थिए ।

यसअघि पनि आज बिहान बालेन र कुलमानबीच भेटवार्ता भएको थियो । छोटो समयमै दोस्रो पटक भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077